Banner Newsमधेसराजनीतिसमाचार

झावराहामा रिमा यादवको घरदैलो, मतदातासँग प्रत्यक्ष संवादमा जोड

पर्सा : नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा कुमारी यादवले पर्सागढी नगरपालिका वडा नम्बर–३ झावराहामा घरदैलो कार्यक्रम सञ्चालन गरेकी छन्। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गरिएको कार्यक्रममा उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो राजनीतिक एजेन्डा, विकास योजना तथा एमालेको नीति–कार्यक्रमबारे जानकारी गराएकी थिइन्।


घरदैलोका क्रममा उम्मेदवार यादवले स्थानीय बासिन्दाका समस्या र सुझाव सुन्दै तिनको समाधानका लागि संसद्मा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन्। कार्यक्रममा स्थानीय पार्टी नेता–कार्यकर्ता, महिला तथा युवाको उल्लेखनीय सहभागिता रहेको थियो।
स्थानीयवासीले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार तथा रोजगारीका विषयलाई प्राथमिकतामा राख्दै आफ्ना माग उम्मेदवारसमक्ष प्रस्तुत गरेका थिए। उम्मेदवार यादवले जनताका अपेक्षालाई नीति तथा योजनामार्फत सम्बोधन गर्ने विश्वास दिलाएकी छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button