Banner Newsमधेसराजनीतिसमाचार

पर्सा–२ मा रास्वपाको घरदैलो अभियान तीव्र, बारवा टाडीमा जेष्ठ नागरिकको आशीर्वादसहित जनसहभागिता उत्साहजन

पर्सा–२ मा रास्वपाको जनसम्पर्क अभियान, बारवा टाडीमा स्थानीयको उल्लेखनीय सहभागिता

रोजगारी, कृषि र सुशासनको एजेन्डासहित रास्वपाको घरदैलो बारवा टाडीमा

पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्सा नगरपालिका वडा नम्बर–४ स्थित बारवा टाडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घरदैलो कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त कार्यक्रममा जेष्ठ नागरिकहरूको आशीर्वाद, जेन्जी युवाहरूको उल्लेखनीय सहभागिता तथा स्थानीयवासीको सक्रिय समर्थन देखिएको थियो।

घरदैलो क्रममा स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै रास्वपाका उम्मेदवार सुशील कुमार कानुले क्षेत्रका प्रमुख समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए। स्थानीय कृषकहरूले जंगली जनावरबाट बालीमा भइरहेको ठूलो क्षतिबारे गुनासो गरेपछि उम्मेदवार कानुले निर्वाचित भएपछि सो विषय सदनसम्म पुर्‍याएर दीर्घकालीन समाधानको पहल गर्ने प्रतिबद्धता जनाए।

उनले वैदेशिक रोजगारीका कारण गाउँ–घर खाली हुँदै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने, स्थानीय स्तरमै उत्पादनमूलक रोजगारी विकास गर्ने र फर्किएका युवाहरूलाई आत्मनिर्भर बनाउने योजनाबारे जानकारी दिए। साथै, स्थानीय महिलालाई पशुपालनसम्बन्धी उच्च सीप तालिम प्रदान गर्ने, स्थानीय स्तरमै उच्च शिक्षाको पहुँच विस्तार गर्ने विषय पनि आफ्नो प्राथमिकतामा रहेको बताए।

कानुले स्थानीय तहमा कृषकहरूलाई जंगली जनावरबाट हुने क्षति समयमै समाधान गरिने, सुशासन प्रवर्द्धन गरिने र व्यवहारिक विकासमार्फत समृद्ध समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले समाजमा सुशासन र व्यवहारिक विकासको सन्देश प्रत्येक टोल–टोलमा पुर्‍याइने उल्लेख गरेका थिए ।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले रास्वपाको वैकल्पिक राजनीति, सुशासन र विकासको एजेन्डाप्रति चासो र समर्थन व्यक्त गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button