Banner Newsमधेसराजनीतिसमाचार

बारा क्षेत्र नं. ३ मा छाता छापका उम्मेदवार रामबाबु कुमार यादवद्वारा टाङ्गिया बस्तीमा भव्य कोणसभा

बारा निर्वाचन क्षेत्र नं. ३ मा छाता छापबाट उम्मेदवारी दिएका रामबाबु कुमार यादवले टाङ्गिया बस्तीमा भव्य तथा सभ्य कोणसभा सम्पन्न गरेका छन्। जनता समाजवादी पार्टी नेपालका तर्फबाट उम्मेदवार बनेका यादवले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो राजनीतिक प्रतिबद्धता र भावी कार्ययोजना सार्वजनिक गरे।
कार्यक्रममा टाङ्गिया बस्तीका स्थानीय बासिन्दा, पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कोणसभालाई सम्बोधन गर्दै यादवले मधेशको पहिचान, अधिकार र विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाए। शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण तथा आधारभूत पूर्वाधार विकासलाई आफ्नो प्रमुख एजेन्डा रहेको उनले बताए।
यादवले विगतमा जनताले भोग्दै आएको बेवास्ता र विभेद अन्त्य गर्न संघीयताको मर्मअनुसार स्थानीय तहसम्म प्रभावकारी सेवा पुर्‍याउने धारणा राखे। “जनताको विश्वास नै हाम्रो शक्ति हो,” भन्दै उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने र पारदर्शी शासन प्रणाली स्थापित गर्ने बताए।
कोणसभामा सहभागी स्थानीयवासीहरूले विकास र सुशासनका विषयमा आफ्ना अपेक्षा राख्दै आगामी निर्वाचनमा छाता छापलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रम शान्त, अनुशासित र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button