Banner Newsमधेसराजनीतिसमाचार

ब्राह्मण समाज नेपालको होली मिलन समारोह सम्पन्न

कलैया , ११ फागुन 
कलैया पावर हाउस नजिक रहेको ब्राह्मण समाजको जग्गामा सोमबार ब्राह्मण समाज नेपाल जिल्ला अधिवेशन तयारी समितिको आयोजनामा होली मिलन समारोह सम्पन्न भएको छ।
समारोह तयारी समितिका संयोजक प्रेमलाल पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला कार्य समितिका अध्यक्ष मुक्तिनाथ तिवारी प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए भने केन्द्रीय सदस्य वृजेश कुमार पाण्डेको विशिष्ट उपस्थिति रहेको थियो।
आगामी फाल्गुन ३० गते हुने जिल्ला अधिवेशनका लागि स्वेच्छिक चन्दा संकलनको घोषणा उद्घोषक टिलेन्द्र पुरुष ढकालद्वारा गरिएको थियो।
समारोहमा वक्ताहरूले ब्राह्मण समुदायले समाजमा शान्ति, सुव्यवस्था र अमन–चयन कायम गर्न भूमिका खेल्नुपर्ने, आफ्ना संस्कार, संस्कृति र आचरणको संरक्षण तथा पालना गर्नुपर्नेमा जोड दिएका थिए। साथै, आगामी निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न होस् भन्ने उद्देश्य सहित कार्यक्रम सम्पन्न गरिएको आयोजकले जानकारी दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button