अन्तर्राष्ट्रियअर्थतन्‍त्रकर्णालीकृषिकोशीखेलकुदगण्डकीप्रदेश समाचारबागमतीमधेशराजनीतिराष्ट्रियलुम्बिनीविचारशिक्षासमाचारसुदूरपश्‍चिमसूचना प्रविधिस्थानियस्वास्थ्य

रजवटियामा ‘रजवटिया प्रीमियर लिग’ सुरु, युवामा खेलकुदप्रति उत्साह बढ्दै

बारा, १२ बैशाख
बाराको फेटा गाउँपालिका–१ अन्तर्गत रजवटिया टोलमा “रजवटिया प्रीमियर लिग” आजदेखि औपचारिक रूपमा सुरु भएको छ। एक कार्यक्रमका बीच युवा नेता उमेश दुबेले फिता काटेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो।
उद्घाटन समारोहमा बोल्दै दुबेले खेलकुद युवाहरूलाई अनुशासन, ऊर्जा र सकारात्मक सोचतर्फ उन्मुख गराउने सशक्त माध्यम भएको बताउनुभयो। उहाँले स्थानीय स्तरमै आयोजना गरिने यस्ता प्रतियोगिताले लुकेका खेल प्रतिभाहरूको पहिचान र विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। साथै, खेलकुद तथा युवा लक्षित कार्यक्रमलाई आगामी दिनमा थप प्राथमिकता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा सदस्य लोहा यादव, समाजसेवी मोहन दास, हिरालाल दास तथा शेसनाथ यादवलगायत स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो। उपस्थित वक्ताहरूले खेलकुदले समाजमा एकता, सद्भाव र सहकार्यको भावना मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए।
आयोजक समितिका अनुसार प्रतियोगितामा विभिन्न स्थानीय टिमहरूको सहभागिता रहनेछ। केही दिनसम्म सञ्चालन हुने लिगले युवाहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै नयाँ प्रतिभा उजागर गर्ने अपेक्षा गरिएको छ।
स्थानीय स्तरमा खेल गतिविधि विस्तारसँगै रजवटियामा खेलमय वातावरण सिर्जना हुने विश्वास गरिएको आयोजकले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button