अन्तर्राष्ट्रियअर्थतन्‍त्रकर्णालीकृषिकोशीखेलकुदगण्डकीप्रदेश समाचारबागमतीमधेशराजनीतिराष्ट्रियलुम्बिनीविचारशिक्षासमाचारसुदूरपश्‍चिमसूचना प्रविधिस्थानियस्वास्थ्य

कलैयामा ट्राफिक व्यवस्थापनका लागि नयाँ व्यवस्था, सबै सार्वजनिक सवारी बसपार्कबाटै सञ्चालन गर्न निर्देशन

बारा, १२ बैशाख
बाराको कलैया उपमहानगरपालिका ले बजार क्षेत्रको बढ्दो ट्राफिक चाप र अव्यवस्थालाई नियन्त्रण गर्न नयाँ व्यवस्था लागू गरेको छ। नगरपालिकाले भरत चोकबाट विभिन्न गन्तव्यतर्फ छुट्ने सार्वजनिक सवारी साधनहरूलाई अनिवार्य रूपमा वडा नं. ४ स्थित बसपार्कबाट सञ्चालन गर्नुपर्ने निर्णय कार्यान्वयनमा ल्याएको हो।
निमित्त प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद यादव ले जारी गरेको सूचनाअनुसार वीरगञ्ज, नारायणघाट र काठमाडौंका लागि सञ्चालन हुने बस, म्याजिक, टेम्पो तथा टाटा सुमो लगायतका सबै सार्वजनिक सवारी साधनहरू तोकिएको बसपार्कबाटै सञ्चालन गर्नुपर्नेछ।
नगरपालिकाले यस व्यवस्थाबाट बजार क्षेत्रमा देखिएको सवारी चाप, अव्यवस्थित पार्किङ तथा जामको समस्या न्यूनीकरण हुने अपेक्षा गरेको जनाएको छ। विशेषगरी भरत चोक आसपासका क्षेत्रमा अनियन्त्रित रूपमा सवारी रोक्ने र यात्रु चढाउने–ओराल्ने प्रवृत्तिका कारण दैनिक रूपमा ट्राफिक जाम बढ्दै आएको थियो।
यद्यपि, विगतमा पनि यस्तै प्रकारका निर्णयहरू पटक–पटक सार्वजनिक गरिए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा बजारको समस्या ज्यूँका त्यूँ रहने गरेको स्थानीयहरूको गुनासो छ।
यसपटक भने नगरपालिकाले ट्राफिक व्यवस्थापनलाई कडाइका साथ लागू गर्ने दाबी गरेको छ। तर, यातायात व्यवसायीहरूको सहयोग र सरोकारवाला निकायबीचको समन्वय अभाव भएमा पुरानै अवस्था दोहोरिने सम्भावना रहेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्।
अब हेर्न बाँकी छ—नयाँ व्यवस्था कत्तिको प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ र बजार क्षेत्रको ट्राफिक व्यवस्थापनमा कत्तिको सुधार आउँछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button