अन्तर्राष्ट्रियअर्थतन्‍त्रकर्णालीकृषिकोशीखेलकुदगण्डकीप्रदेश समाचारबागमतीमधेशराजनीतिराष्ट्रियलुम्बिनीविचारशिक्षासमाचारसुदूरपश्‍चिमसूचना प्रविधिस्थानियस्वास्थ्य

पोखरियामा आर्थिक अनियमितताको आरोप, ७ करोड ‘गायब’ भएको दाबी

पर्सा, १२ वैशाख
पर्साको पोखरिया नगरपालिका मा आर्थिक अनियमितता र प्रशासनिक बेथितिबारे गम्भीर आरोप सार्वजनिक भएका छन्। उपप्रमुख रूवि ठाकुर ले नगरको खाताबाट करिब ७ करोड रुपैयाँ बराबरको रकम गायब भएको दाबी गरेकी छन्।
सञ्चारकर्मीसँगको कुराकानीमा उपप्रमुख ठाकुरले उक्त रकम नगरप्रमुख प्रयुक्त चौहान को एकल निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा अपारदर्शी रूपमा खर्च गरिएको हुन सक्ने आशंका व्यक्त गरिन्। उनका अनुसार सशर्त अनुदानअन्तर्गत आएको ठूलो रकम पारदर्शी ढंगले खर्च नभएको देखिएको छ।
ठाकुरले नगरपालिकाको समग्र आर्थिक अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै करिब ११ महिनादेखि कर्मचारीहरूले तलब नपाएको, जनप्रतिनिधिहरूले भत्ता नपाएको तथा ठेकेदारहरूको भुक्तानीसमेत रोकिएको बताइन्। यसले नगरपालिकाको प्रशासनिक तथा सेवा प्रवाह प्रणाली नै प्रभावित बनेको उनको भनाइ छ।
उपप्रमुख ठाकुरले नगरप्रमुखले सामूहिक निर्णय प्रक्रियालाई बेवास्ता गर्दै एकल रूपमा आर्थिक निर्णयहरू गर्दै आएको आरोपसमेत लगाएकी छन्। यसले नगरपालिकाभित्र पारदर्शिता, जवाफदेहिता र सुशासनमाथि गम्भीर प्रश्न उठाएको उनले बताइन्।
यसैबीच, युवा संघ नेपाल पर्साका सचिव राकेश महतो ले एक महिना अघि आय–व्यय विवरण सार्वजनिक गर्न माग गर्दै निवेदन दिएका थिए। तर उक्त मागमा कुनै कारबाही नभएको भन्दै स्थानीय तहमा असन्तुष्टि बढ्दै गएको छ।
आर्थिक अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले समेत पटक–पटक छानबिन गरेको बताइए पनि ठोस नतिजा सार्वजनिक नभएको भन्दै स्थानीयवासीले चासो र आक्रोश व्यक्त गरेका छन्।
लामो समयदेखि जारी आर्थिक विवाद, कर्मचारीको तलब रोकिएको अवस्था र ठेकेदारको भुक्तानी नहुँदा नगरपालिकाको सेवा प्रवाह प्रभावित बनेको छ। यद्यपि, आरोपबारे नगरप्रमुख तथा सम्बन्धित अधिकारीहरूले हालसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button