राकेश यादव ( रौतहट )
रौतहट २ साउन
रौतहट जिल्लाको बौद्धिमाइ नगरपालिका वडा नम्बर १ बौधा निवासी मनोज यादव राजनले आम जनता पार्टी प्रति कडा टिप्पणी गरेको छन्।
आम जनता पार्टी केन्द्रिय कार्यालयले बिज्ञप्ती जारी गर्दै रकम ठगी गरेको आरोप लागेका मनोज यादव राजन लाई पार्टीको साधारण सदस्य समेत बाट निष्कासन गरेको सार्वजनिक भएपछी राजन यादवले आफ्नो फेसबुक पेजबाट आजपाको कार्यशैली प्रति आपति जनाएका छन्।
पार्टीका कुनै सदस्य पदाधिकारी माथि कार्यवाही गर्नु भन्दा पहिला आफ्नो विचार अभिव्यक्त गर्न स्पटिकरण सोध्नु पर्ने हुन्छ तर बिना कुनै सुचना जानकारी कै पार्टी बाट निष्कासन गर्ने आजपाको निर्णय सामन्तबादी सोचले ओतप्रोत भएको टिप्पणी गरेका छन्।
भ्रस्टाचार बेथिति अनियमिताको नारा दिने आजपाले भ्रस्टाचारको बिरोध गर्दा भ्रस्टाचारीको संरक्षणमा उत्रेको ठहर गरेका छन्। प्रदेश सभा सदस्य प्रत्यासी समेत रहेका राजन ले भ्रस्टाचारको नारा दिने आजपाका नेता भ्रस्टाचारीको संरक्षण नै रहेको भनि तिखो आलोचना गरेका छन्।
मौलापुर नगरपालिका वडा नम्बर ६ पथरा बुधराममा खानेपानी आयोजनाको निर्माण भएको पर्खालमा लागत स्टिमेट अनुसार कार्य नभएको, १२ घण्टा काम गरेका मजदुरको पारिश्रमिक दिनु पर्ने, पर्खाल निर्माणमा भएको खर्चको पारदर्शी गर्नु पर्ने माग गर्दा आजपा पार्टीले मलाई नै कार्यवाही गरेको उहाले बताएका छन्।
२०६४ साल देखि २०७९ साल सम्म प्रभु साहलाइ गरेको सहयोगको बापतमा यस्तो उपहार पाएकोमा अलिकति पनि बिचलित नभएको भन्दै धन्यवाद ज्ञापन समेत गरेका छन।
तत्कालिन नेकपा माओवादीको जन्युद्ध बाट राजनीतिकमा होमीएका यादव निरन्तर रुपमा निस्वार्थ भावले जनताको लागि कार्य गर्दै आएका छन्।
उनले थपेका छन् बिना कारण पार्टीमा रहेका इमान्दार कार्यकर्तालाइ कार्यवाही गर्दै गए पार्टी नै एक दिन समाप्त भएर जाने छन्।
आजपा अध्यक्ष प्रभु साहले दल तन्त्र, अनियमित्ता, भ्रस्टाचार को गरिरहेको बिरोध ढोंग मात्र रहेको दाबी गरेका छन्। साभारः तराई दैनिक




