Banner Newsराजनीति

ओली–देउवा नजिकिएपछि पूर्वराष्ट्रपति भण्डारीसहितको नयाँ समीकरण : विपक्षी गठबन्धनले ततायो राजनीतिक बजार

पूर्ब राष्ट्रपति बिधा देबी भन्डारीले राजनीतिमा आएपछि सरकारलाई धक्का दिनेगरी नयाँ समीकरणको पुनसंयोजन भएको छ ।सत्ता समीकरणमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको सहकार्य रहेको समूहको विपक्षमा अब पूर्ब राष्ट्रपति बिधा देबी भन्डारी, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, र शेखर कोइराला नेतृत्वमा अर्को राजनीति नयाँ समीकरण निर्माण भएको छ । जसबाट प्रधानमन्त्री केपी ओलीलाई टाउको दुखाई बनेको छ ।

सरकारमा रहेका यी दुई शीर्ष नेताबीचको सहकार्यलाई कतिले ‘रणनीतिक मेल’ भनेका छन् भने कतिले ‘सत्ताका लागि सिद्धान्तको बलिदान’ भन्दै आलोचना गरेका छन् । तर, यसले हालैको राजनीतिक उतारचढावलाई नयाँ मोड दिएको छ ।

ओली–देउवा समीकरण बलियो बन्दै गइरहँदा अर्कोतर्फ प्रतिपक्षको स्वर उचालिएको छ । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले  गठबन्धनको आलोचना गर्दै देशमा ‘लोकतान्त्रिक मूल्य–मान्यता कमजोर बनाउने प्रयास भइरहेको’ बताएका छन् ।

विश्लेषकहरूका अनुसार, ओली र देउवाबीचको सहकार्य खासगरी संविधान संशोधन, संघीयता कार्यान्वयनको पुनमुल्यांकन, र आगामी निर्वाचनको सिट बाँडफाँटका विषयमा केन्द्रित हुनसक्छ । सत्तारूढ गठबन्धनको यो आकस्मिक सुदृढीकरणले नेकपा माओवादी केन्द्रलाई गम्भीर राजनीतिक संकटमा पुर्‍याएको देखिन्छ ।

एकीकृत समाजवादी अध्यक्ष नेपालले विपक्षी गठबन्धनलाई चनाखो र क्रियाशील बनाउने रणनीति अगाडि सारेका छन् । उनी निकट स्रोतका अनुसार भोलिका दिनमा संसदमा सरकारविरुद्ध नीतिगत आक्रोश बढाउँदै लैजाने तयारी भइरहेको छ ।

यसैबीच, राजनीतिक हलचलकाबीच जनता भने महँगी, बेरोजगारी र सेवा प्रवाहको कमजोरीबाट आजित बनेका छन् । नेताहरूको समीकरण फेरबदल र गुटगत स्वार्थले जनताको जीवनमा कति प्रभाव पार्नेछ भन्ने प्रश्न पेचिलो बन्दै गएको छ ।

राजनीतिक बजारमा व्यापक चर्चा चलिरहेकै बेला संसदभित्र र बाहिर दुवै स्थानमा दलहरूको रणनीति फेरिने जस्तै देखिएको छ । सत्ता समीकरणको यो पुनःसंरचनाले भविष्यमा देशको नीति, निर्णय र शक्ति सन्तुलनमा गहिरो प्रभाव पार्ने प्रक्षेपण गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button