Banner Newsशिक्षा

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं, साउन १९ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। सोमबार बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेसँगै नतिजा सार्वजनिक गरिएको हो।

यस वर्षको परीक्षामा सहभागीमध्ये ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यो अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हो। गत वर्ष मात्र ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

बोर्डका अनुसार, गत वैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार परीक्षार्थी सहभागी भएका थिए। देशभरका ५ हजार २०२ विद्यालयका विद्यार्थीका लागि १ हजार ५९१ परीक्षा केन्द्र तोकिएको थियो।

यस वर्ष नेपाल शिक्षक महासंघको आन्दोलनका कारण वैशाख ११ गतेदेखि तोकिएको परीक्षा १० दिनपछि सुरु भएको थियो। परीक्षा जेठ २ गते सम्पन्न भएपछि उत्तरपुस्तिका परीक्षण लगायतको काम सुरु गरिएको थियो।

बोर्डको लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार, प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक प्राप्त नगर्ने परीक्षार्थीको नतिजामा ‘नन-ग्रेडेड’ उल्लेख गरिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button