Banner Newsअर्थ/वाणीज्यस्वास्थ्य

अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीच बजेट कार्यान्वयन विषयमा छलफल, संघीय अस्पतालका लागि २ हजार बढी जनशक्ति प्रस्ताव

काठमाडौँ, साउन १९ : चालू आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी विषयमा अर्थ मन्त्रालयले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेको छ।

छलफलका क्रममा स्वास्थ्य मन्त्रालयले संघीय अस्पतालहरूमा विशिष्टीकृत सेवा र सेवा विस्तार गर्नका लागि २ हजार १ सय जनशक्ति थपको प्रस्ताव गरेको हो। प्रस्तावअनुसार डाक्टर, नर्सलगायतको संख्या बढाएर ७ वटै प्रदेशमा स्वास्थ्य सेवा प्रवाह थप प्रभावकारी बनाइने योजना छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा सेवा विस्तार गर्न जनशक्ति थप्न अत्यावश्यक भएको बताएका छन्। मन्त्री पौडेलको सचिवालयका अनुसार संघीय संरचनाअनुसार स्वास्थ्य सेवा प्रभावकारी बनाउन पर्याप्त र दक्ष जनशक्ति आवश्यक रहेको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय, छिटो र प्रभावकारी सेवा प्रवाहका लागि दक्ष जनशक्ति अत्यावश्यक रहेको उल्लेख गर्दै उक्त प्रस्तावमा थप परामर्श गरी अघि बढ्ने बताएका छन्।

छलफलमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, बालबालिकालाई दिइने निःशुल्क औषधि, भक्तपुरको दुवाकोटमा निर्माण हुने वीर अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), जलन उपचार सेवा विस्तार लगायतका विषयमा पनि चर्चा भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button