कलैया–ज्ञान सरोबर ऐकेडेमी कलैयालले बिधार्थीहरु पाठ्यक्रम अध्यापन सहित अतिरिक्त क्रियाकलापमा समेत जोड दिने गरेको छ। जसको फलस्वरूप स्वरूप कलैयाको शैक्षिक क्षेत्रको छोटो समयमा नै प्रख्यात हुन पुगेको छ।
ज्ञान सरोबर ऐकेडेमी कलैयाले पिजि कक्षा देखि हाल कक्षा ९ सम्म अध्यापन अनुमति मात्र पाएकोमा कलैयाको शैक्षिक क्षेत्रमा छुट्टै स्थान हासिल गरेको छ।
उक्त ऐकेडेमीले आफ्नो बिधार्थीहरुलाई पाठ्यक्रम बाहेक समय समयमा अतिरिक्त क्रियाकलाप समेत गराउने गरेकोमा बुधबार कक्षा ७ , ८ र ९ कक्षामा अध्ययनरत बिधार्थीहरुलाई अतिरिक्त क्रियाकलापको छौठो दिन सिद्धेश्वर नाथ महादेव मन्दिरमा सरसफाई गराएको छ।
यस्ता अतिरिक्त क्रियाकलापले बिधार्थीहरुको सानै उमेर देखि समाज प्रति जिम्मेवार बनाई उनिहरुको चौतर्फी विकाशमा टेवा पुर्याउने आफ्नो उदेश्य रहेको उक्त बिधालयको शिक्षक राजु साहले यस दैनिकलाई बताएका छन्।
साथै शिक्षक साहको अनुसार यस ऐकेडेमीले विधार्थीहरुको चौतर्फी विकासको लागि हाम्रो साँस्कृतिक झल्काउने परम्परागत चाँड पर्वमा बिभिन्न कार्यक्रमको आयोजना सहित बिभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरू सहित पिकनिक स्थलहरुमा बिधार्थीको भ्रमण समेत गराउने गरेका छौं।
यसरी बिधार्थीहरुलाई बाहिरी बाताबरणमा घुलमिलले समाजको यथार्थ चित्रण गर्न सजिलो भएको तथा बिधार्थीहरुको चौतर्फी विकासका टेवा पुग्ने बिश्वास रहेको शिक्षक साहले समेत बताएका छन्।
उक्ता कार्यक्रममा ज्ञान सरोवरका शिक्षिकाहरु अल्का पान्डे, गिता भट्टराई , शिक्षकहरु विकाश शर्मा र सन्दिप केशरिको उपस्थिति रहेको थियो।
सरसफाई कार्यक्रम पश्चात् श्री सिदेश्वर संस्कृत माध्यमिक विधालयका प्रधानाध्यापक ज्योतिषीय छविरमण सुबेदिले खुशी हुँदै ज्ञान सरोबर विद्यालय तथा सरसफाई गरेका विद्यार्थिहरुलाई धन्यवाद दिदै ज्ञान सरोबर एकेडमीले समाजमा एउटा नमुना उदाहरण प्रस्तुत गरेको बताएका छन् ।साथै उनके उक्त विद्यार्थिहरुलाई ज्ञान, विज्ञान, धर्म, साँस्कृतिक, रिति, रिवाज तथा परम्परा नै मानिसको पहिचान हो र हामीले आफ्नो धर्म, साँस्कृतिक माथी गर्व गर्दै यस्को संरक्षण गर्नुपर्ने सुझाव दिएका छन्।




