रौतहट – गौर नगरपालिका–५ स्थित बरहवा पुल माथिबाट ३५–४० बर्षको पुरुष व्यक्ति हामफालेको खवर आज साँझ ५.१५ बजेको समयमा प्राप्त हुनासाथ तत्कालै उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय रौतहट, सशस्त्र प्रहरी बल हजमिनिया र वीरदल गण पुरेनवाबाट खटिएका टोलीले डुंगाको मद्दतबाट खोजी कार्य गर्दा ठिक १ घण्टा पश्चात बरहवा नदीमा फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
अचेत अवस्थामा फेला परेका युवकलाई उपचारको लागि प्रादेशिक अस्ताल गौरमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जानकारी दिदै सूचना अधिकारी एवं डिएसपी राजु कार्कीले मृतक व्यक्तिको अहिले सम्म पहिचान खुल्न नसकेको बताए ।
मृतकको शव प्रादेशिक अस्पताल गौरमा राखिएको छ । वर्ण गहुँ गोरो, मझौला शरिर, उचाई ५ फिट ७ ईन्च, हरियो फुल भेष्ट, कलेजो रंगको फुल ट्रयक, लगाएको, कपाल कालो रहेको, तराई मुलुकको जस्तो देखिने पुरुष व्यक्तिको शव रहेको हुँदा पहिचान गर्ने व्यक्ति जिल्ला प्रहरी कार्यालय गौरमा सम्पर्क राख्न वा ९८५५०४०६०७ मा खवर गर्न अनुरोध उनले गरे । प्रहरीले अनुसन्धान कार्य जारी राखेको उनले बताए ।
0 0 1 minute read




