Banner Newsमधेसराजनीतिराष्ट्रियसमाचार

बारा –३ का प्रतिनिधिसभा सदस्य अरबिन्द साह सञ्चार मन्त्री बन्न सक्ने सम्भावना !

बारा । बारा निर्वाचन क्षेत्र नम्बर–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरबिन्द साह सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्न सक्ने सम्भावनाबारे राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार साहले यस निर्वाचनमा नेपाली कांग्रेसका सह–महामन्त्री फरमुल्ला मन्सुर तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य ज्वाला कुमार साहलाई पराजित गर्दै उल्लेखनीय मतान्तरसहित विजय हासिल गरेका हुन्।

साह पेशाले आईटी इन्जिनियर हुन् भने उनी गोल्ड मेडलिष्टसमेत रहेका छन्। साथै उनी डिजिटल भुक्तानी सेवा डिजिटल खल्तीका संस्थापक तथा सञ्चालकका रूपमा पनि परिचित छन्। सूचना प्रविधि र डिजिटल सेवाको क्षेत्रमा लामो अनुभव रहेकाले उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिन सकिने सम्भावनाबारे चर्चा बढेको हो।

यस पटकको निर्वाचनमा रास्वपाले देशभर उल्लेखनीय सफलता हासिल गर्दै बहुमत नजिकको परिणाम ल्याएपछि नयाँ सरकार गठनका सन्दर्भमा विभिन्न सम्भावित मन्त्रीहरूको चर्चा सुरु भएको छ। सोही क्रममा प्रविधि क्षेत्रको अनुभव, शैक्षिक योग्यता र उद्यमशील पृष्ठभूमिका कारण साहलाई सञ्चारमन्त्रीका रूपमा अगाडि सार्न सकिने विश्लेषण गरिएको छ।

यद्यपि सरकार गठन तथा मन्त्रालयको जिम्मेवारीबारे अन्तिम निर्णय भने सम्बन्धित दल र नेतृत्वले गर्ने भएकाले यसबारे औपचारिक घोषणा भने भइसकेको छैन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button