Banner Newsमधेससमाचार

होलीको दिन मधेस प्रदेशमा ३५ सवारी दुर्घटना,९९ जना घाइते

वीरगञ्ज : होलीको दिन मधेस प्रदेशमा ३५ सवारी दुर्घटना भएको छ। सो दुर्घटनामा परी ९९ जना घाइते भएका छन्।

शुक्रबार परेको होलीको दिन प्रदेशमा रहेको आठ जिल्लामा ति सवारी दुर्घटना भएको मधेश प्रहरीले जनाएको छ। सबै भन्दा बढी धनुषामा भएको दुई सवारी दुर्घटनामा परी ४३ जना घाइते भएका छन्।

त्यसै महोत्तरीमा भएको नौ सवारी दुर्घटनामा १९ जना घाइते भएका हुन्। सर्लाहीमा त्यतिकै सवारी दुर्घटनामा १४ जना घाइते भएको प्रदेश प्रहरीका प्रबक्ता एवम् एसएसपी शान्तिराज कोइरालाले जानकारी दिए।

त्यसैगरी रौतहटमा भएको ६ सवारी दुर्घटनामा ८ जना,सप्तरीमा ४ सवारी दुर्घटना हुदा ७ जना घाइते भएका छन।

होलीकै दिन पर्सामा भएको दुई सवारी दुर्घटनामा पाँच जना,सिरहामा दुइटा सवारी दुर्घटनाको शिकार हुदा दुई जना र बारामा एउटा सवारी दुर्घटना हुदा एक जना ब्यक्ति घाइते भएको मधेस प्रदेश प्रहरीले जनाएको छ ।

यसपालि होलीको दिन भएको सवारी दुर्घटनामा कसैको पनि ज्यान नगएको प्रदेश प्रहरीले जानकारी दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button