Banner NewsE-PAPERदुर्घटनासमाचार

ट्यांकरको ठक्करबाट बारामा मोटरसाइकल चालकको मृत्यु

सिमरा असार १६ :  पथलैया-वीरगन्ज व्यापारिक मार्ग अन्तर्गत बाराको जीतपुरमा सोमबार दिउँसो ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका- ३२ का २० वर्षीय महमद साहिल अंसारी रहेका छन् ।

वीरगन्जबाट सिमरा तर्फ आउँदै गरेको ना ६ख २९९२ नम्बरको ट्यांकरले मधेश प्रदेश ०३–०२–०२४प ३९६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो । सडक पार गर्ने क्रममा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनालगत्तै चालकलाई वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकललाई ठक्कर दिने ट्यांकरसहित चालक जीतपुरसिमरा २४ का ३० वर्षीय मेहरमान अंसारीलाई ईलाका प्रहरी कार्यालय सिमराअन्तर्गतको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button