Banner NewsE-PAPERअन्तराष्ट्रियअन्तर्वार्ताअपराधअर्थ/वाणीज्यकर्णालीकला/साहित्यकृषिखेलकुदगण्डकीधर्म/संस्कृतिपत्र-पत्रिकाप्रदेशप्रदेश १फोटो ग्यलरीभिडियोमधेसमनोरञ्जनराजनीतिराष्ट्रियरोचकलुम्बिनीवागमतीविचारविचार/ब्लगविज्ञान/प्राविधिविविधविशेषशिक्षासमाचारसमाजसुदुरपस्चिमस्वास्थ्य

जवरजस्ती करणी आरोपमा एक ६० वर्षीय वृद्ध गिरफ्तार

जनकपुरधाम- धनुषामा जवरजस्ती करणी गरेको आरोपमा एक जना वृद्धलाई गिरफ्तार गरिएको छ।

धनुषाधाम नगरपालिका–५ पर्वताका ६० वर्षीय एक जना वृद्धलाई बुधबार धनुषा प्रहरीले गिरफ्तार गरेको हो । ती वृद्धले १५ दिन पहिले गाउँकै १२ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोप लागेको छ । आरोपीले बालिका घाँस काट्न गएको बेला उनले ललाइफकाइ जवरजस्ती करणी गरेको आरोप लागेको छ ।

धनुषाधाम इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेश ठाकुरले घटना पुरानो भएपनि अहिले सार्वजनिक भएको बताए । उनले आरोपीलाई मौखिक उजुरीको आधारमा नियन्त्रणमा लिएका जानकारी दिए । बालिकाको परिवारले उजुरी दिने तयारी गरिरहेको उनको भनाइ छ । ती वृद्धमाथि जबरजस्ती करणी मुद्दा चलाउने तयारी भइहेको छ ।

प्रहरी नियत्रणमा परेका वृद्ध इलाका प्रहरी कार्यालय धनुषाधामको हिरासतमा छ । करिब दुई सातापछि घटनाबाहिर आएकाले मेडिकल रिर्पाटबाट जवरजस्ती करणी गरेको पुष्टि हुन समस्या हुने बताइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button