Banner Newsराष्ट्रियसमाचार

क्रिश्चियन धर्मावलम्बीलाई ५० प्रतिशत छुट दिने अस्पताललाई प्रशासनले छानबिन गर्ने

गोरखा : जिल्ला प्रशासन कार्यालय गोरखाले क्रिश्चियन धर्मावलम्बीलाई मात्र ५० प्रतिशत छुट दिने गोरखाको एक अस्पताललाई छानबिन गर्ने भएको छ। धर्मान्तर गर्न प्रोत्साहित गर्न खोजिएको भन्दै प्रशासन कार्यालयले गोरखा मेमोरियल अस्पताललाई छानबिन गर्ने जनाएको हो।

एउटा धर्मावलम्बीलाई मात्र स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने गोरखा नगरपालिका १० छेपेटारस्थित गोरखा मेमोरियल अस्पताललाई छानबिन गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए। कार्यालयले सो अस्पतालका सञ्चालकलाई आइतबार कार्यालयमा झिकाइ यस्ता गतिविधि तत्काल रोक्न पनि निर्देशन दिएको सप्रजिअ बरालले बताए।

अस्पतालले अनुग्रह मण्डलीलाई लेखेको पत्र बाहिरिएपछि आइतबार दिनभर गोरखामा र सामाजिक सञ्जालहरूमा चर्चाको विषय बन्यो। सो विषयले चर्चा पाएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले अस्पताल सञ्चालकलाई कार्यालयमा झिकाइ यस विषयमा छानबिन गरेको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्द बरालले अस्पताल सञ्चालकलाई झिकाइ यस विषयमा छलफल गरेको र विवादित बनेको निशुल्क स्वास्थ्य शिविरसमेत रोक्न निर्देशन दिएको जानकारी दिए।

सो गोरखा मेमोरियल अस्पतालले अनुमति नलिइ भदौ ११ गते निशुल्क स्वास्थ्य शिविर गर्न लागेकाले सो विवादित शिविर रोक्न निर्देशन गरिएको सहायक प्रजिअ बरालले जनाए। अस्पतालले चर्चहरूमा पठाएको पत्रमा स्वास्थ्य शिविरको अवसरमा क्रिश्चियन धर्मावलम्बीलाई ५० प्रतिशत छुट दिन सहुलियत कार्ड वितरण गरिने पनि उल्लेख छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button