Banner Newsमधेससमाचारस्थानीय

प्रतिबन्धित पटका खुल्लेआम बिक्री, प्रहरी मुखदर्शक

कलैया । नेपाल सरकारले नेपालमा पटका लगायत विस्फोटक पदार्थ पड्काउन र बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ। जसको फलस्वरूप पटका नेपालमा प्रतिबन्धित रहेको छ। तर प्रतिबन्धित पटका खुल्लेआम बिक्री बितरण भइरहेको बेला बारा जिल्लाको प्रहरी प्रशासन मुकदर्शक बनेको छ।
बारा सदरमुकाम कलैया बजारमा नै प्रतिबन्धित पटका खुल्लेआम बिक्री बितरण भइरहेको सजिलै हेर्न सकिन्छ। जबकि कलैयामा नै जिल्ला प्रहरी कार्यालय सहित सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहने गरेको छ।
उक्त प्रतिबन्धित पटका कलैया बजार सहित बाराको बिभिन्न बजारमा सजिलै उपलब्ध हुनुको साथै सिमानाकामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित जिल्ला प्रहरी कार्यालय बारा र सशस्त्र प्रहरी बल १२ नम्बर गण माथि नै प्रश्न चिन्ह खडा भएको छ।
साथै प्रहरीले बाराको सिमानाकामा कडाई गरीएको दाबी समेत झुठो साबित भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button