Banner Newsअपराधसमाचार

उदयपुरमा छुरा प्रहार गरी २७ वर्षीया श्रीमतीको हत्या

उदयपुरमा धारिलो छुरा प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरी आत्महत्याको प्रयास गरेका छन् । आइतबार बिहान बेलका नगरपालिका- ३ किराँत चोकका खगेन्द्र राईले श्रीमतीको हत्या गरी आत्महत्याको प्रयास गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार किराँत चोक बस्ने वर्ष ३० का खगेन्द्र राईले वर्ष २७ की श्रीमती भावना भन्ने गंगा राईलाई छुरा प्रहारी गरी आत्महत्याको प्रयास गरेका हुन् ।

डिएसपी दोङले भने, ‘श्रीमान् र श्रीमतीबिच एक–आपसमा झै-झगडा हुँदा श्रीमानद्वारा छुरा प्रहार भई गम्भीर घाइते भएकी श्रीमती गंगा राईको बिहान ९:५० बजे उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) धरानमा मृत्यु भएको छ ।’

उनका अनुसार छुरा प्रहार गर्ने श्रीमानले समेत श्रीमतीलाई गम्भीर घाइते बनाई आफ्नै शरीरमा समेत छुरा प्रहार गरी आत्महत्याको प्रयास गरेका थिए । स्थानीयले तत्काल उनलाई उपचारका लागि सोही अस्पताल लगेकाले हाल निजको उपचार प्रहरीको प्रत्यक्ष निगरानीमा भइरहेको छ । यस घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएकाे प्रहरी टोलीले थप अनुसन्धान गरिरहेकाे दोङको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button