बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी रामकिशोर सिंह विरुद्ध पक्राउ पुर्जी जारी

वीरगञ्ज १ असार
बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेका एक व्यक्ति विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
धुरेन्द्र प्रसाद कुर्मीको जाहेरीका आधारमा दर्ता भएको बादी नेपाल सरकार तथा प्रतिवादी रामकिशोर सिंह रहेको बैंकिङ कसुर मुद्दामा रामकिशोर सिंह विरुद्ध पक्राउ पुर्जी जिल्ला प्रहरी कार्यालय बाट पक्राउ पुर्जी जारी गरिएको छ।
रामकिशोर सिंह वीरगंज महानगरपालिका वडा नं २० का निवर्तमान वडाध्यक्ष, पर्सा जिल्ला निर्वाचन क्षेत्र नं १ का उज्यालो नेपाल पार्टी सासंद प्रत्यासी एवम् उज्यालो नेपाल पार्टी का मधेश प्रदेश अध्यक्ष समेत रामकिशोर सिंह (पराग) रहेका छन्
प्राप्त विवरणअनुसार मुद्दामा संलग्न प्रतिवादी हाल फरार रहेका छन्। अनुसन्धान अधिकारीहरूले निजलाई तत्काल पक्राउ का लागि पत्र जारी गरेको छ।प्रहरी स्रोतका अनुसार फरार प्रतिवादीको खोजी कार्यलाई तीव्र पारिएको छ भने आर्थिक अपराधसँग सम्बन्धित घटनामा प्रमाण संरक्षण, अनुसन्धानको निष्पक्षता तथा प्रतिवादीको उपस्थितिलाई विशेष महत्व दिइने भएकाले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।



