Banner Newsमधेसराजनीतिसमाचार

बारा–२ मा रामकिशोर यादवको प्रचार–प्रसार र सम्पर्क समिति गठन

बारा, २९ माघ 
बारा निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार श्री रामकिशोर प्रसाद यादवज्यूको चुनावी अभियानलाई सुदृढ बनाउन बिहिबार सुवर्ण गाउँपालिका अन्तर्गत सनफुलवा र पशुरामपुरमा प्रचार–प्रसार तथा सम्पर्क समिति गठन गरिएको छ।
समितिको गठन कार्यक्रममा क्षेत्रीय नेता, स्थानीय कार्यकर्ता तथा आम नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो। रामकिशोर यादवको अध्यक्षतामा गठन गरिएको समितिले आगामी निर्वाचनमा मतदाता भेटघाट, घरदैलो, क्षेत्रीय संवाद तथा प्रचार–प्रसार गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउने जिम्मेवारी पाएको छ।
समितिको सचिवतामा नियुक्त सदस्यहरूले मतदाता सूचि, क्षेत्रको जनसंख्या र प्राथमिक आवश्यकताका आधारमा अभियान संचालन गर्ने बताए। यसअघि पनि यादवले क्षेत्र–२ का विभिन्न गाउँ र टोलमा भेटघाट र जनसरोकार सुन्ने अभियान सुरु गरिसकेका छन्।
उक्त कार्यक्रमका सहभागीहरूले उम्मेदवार रामकिशोर यादवको जनमुखी दृष्टिकोण, विकासका योजना र स्थानीय समस्या समाधानमा सक्रिय भूमिकाप्रति समर्थन व्यक्त गरेका छन्।
रामकिशोर यादवले समितिलाई निर्देशन दिनुहुँदै भने,
“हामी सबै मिलेर घर–घर पुग्ने, मतदातासँग प्रत्यक्ष संवाद गर्ने र निर्वाचन क्षेत्रका विकासका मुद्दा अघि बढाउने छौं। हाम्रो मुख्य लक्ष्य समुदायसँग नजिक भएर उनीहरूको आवाज संसदसम्म पुर्‍याउनु हो।”
यससँगै बारा–२ मा रामकिशोर यादवको चुनावी अभियान थप सशक्त र व्यवस्थित ढंगले अघि बढ्ने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button