Banner Newsमधेससमाचार

मिनाक्षी एग्रोगेट क्रसर उद्योग बन्द गर्न भन्दै संघर्ष समितिद्वारा श्रीपुरमा विरोध प्रदर्शन

कलैया। मिनाक्षी एग्रोगेट क्रसर बन्द गर्न भन्दै क्रसर उद्योग बन्द गर्न संघर्ष समितिले आइतबार श्रीपुरमा विरोध प्रदर्शन गरेको छ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २४ श्रीपुरमा संचालित रहेको सो उद्योग बन्द गर्न भन्दै क्रसर उद्योग बन्द गर्न संघर्ष समितिले विरोध प्रदर्शन गरेको हो।

क्रसर अविलम्ब बन्द गर,क्षयरोगहरुको औषधि उपचारको जिम्मा ले,गाउघरमा क्रसर उद्योग खोल्न पाईदैन र वातावरण प्रदुषण गर्न पाईदैन भन्दै नारा लगाउदै संघर्ष समितिको अगुवाईमा स्थानीयहरुले विरोध प्रदर्शन गरेका हुन्।

मिनाक्षी एग्रोगेट क्रसर उद्योगले प्रदुषण फैलाई गाउँघरमा जनधनको क्षति तथा गाउँ समाजलाई विभिन्न किसिमका रोग जस्तै क्षयरोग,दम,आँखाको समस्या,कान नसुन्ने,प्रेसर जस्ता रोग केही महिना देखि देखा परेकोले उक्त क्रसर विरुद्ध आन्दोलन गरिएको संघर्ष समितिले जनाएको छ।

उक्त क्रसरका कारण गाउँबासीलाई विभिन्न किसिमका समस्या आएको हुनाले र उद्योगलाई बन्द गरि कानुनी कारवाही तथा पीडितलाई क्षतिपूर्ति दिन संघर्ष समितिको माग रहेको छ।

सो क्रसरको प्रदुषणबाट स्थानीय १७ जना बालबालिका तथा जेष्ठनागरिकहरु क्षयरोगबाट पीडित भएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button