Banner Newsविविध

पर्साको पकहामैनपुर खेस्रहामा भीषण आगलागीले दुई परिवारको घरगोठ पूर्ण रूपमा जलेर नष्ट

पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका–४, खेस्रहामा आज बिहान भएको भीषण आगलागीले दुई परिवारको घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागी बिहान करिब ४:४० बजे रामाशंकर गिरीको गोठबाट सुरु भएको हो।

विद्युत सर्टको कारण सुरु भएको आगोले रामाशंकर गिरी र छिमेकी दरोगा गिरीको घर र गोठ समेत जलेर खरानी बनाएको हो। आगलागीका कारण रामाशंकर गिरीको दुईवटा संरचना, अन्नपात, लत्ताकपडा, गरगहना लगायतका सामग्री जलेर करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। साथै गोठमा रहेका एक भैंसी र एक पाडो आगोले जलेर घाइते भएका छन्। हाल गिरी परिवार छिमेकीको घरमा आश्रित रहेको छ।

त्यस्तै, दरोगा गिरीको पनि गोठ र घर पूर्ण रूपमा नष्ट भएको छ। उनको घरमा रहेको धान, गहुँ, भाँडाकुँडा, काठ तथा अन्य सामग्री जलेर करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। उनीहरूको परिवार पनि अस्थायी रूपमा छिमेकीको घरमा बस्दै आएको छ।

घटनाको खबर पाउनासाथ स्थानीयवासी, प्रहरी तथा दमकल टोलीको सहयोगमा आगो नियन्त्रण प्रयास थालिएको थियो। बिहान करिब ७:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button