Banner Newsराजनीतिराष्ट्रियसमाज

मुख्यमन्त्री कार्की र एफएओ प्रतिनिधिबीच भेट, कोशी प्रदेशको कृषि र जलवायु क्षेत्रमा सहकार्यको तयारी

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) का नेपाल तथा भुटान हेर्ने प्रतिनिधि केन सिमिजुबीच सोमबार भेटवार्ता भएको छ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन भएका परियोजनाहरूमा सहयोग पुर्‍याएकोमा एफएओप्रति धन्यवाद ज्ञापन गरे। साथै, उनले प्रदेशका मध्यपहाडी जिल्लाहरूमा वातावरणीय प्रभाव न्यूनीकरण, उच्च मूल्यका फलफूल उत्पादन, बजारीकरण र व्यवस्थापनमा सहयोग गर्न आग्रह गरे।

‘कृषि, जलवायु र विपद् व्यवस्थापन जस्ता क्षेत्रमा सहकार्य गर्दै अगाडि बढ्न सके उल्लेखनीय उपलब्धि हासिल गर्न सकिन्छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘कोशी प्रदेश हिमाल, पहाड र तराईले युक्त जैविक र भौगोलिक विविधतायुक्त प्रदेश हो, जलवायु र कृषि उत्पादनका क्षेत्रमा धेरै सम्भावना बोकेको छ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button