Fashionसमाज

दुवै मन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ : सांसद सिंह

प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सांसद सिंहले देश बिचौलियाको कब्जामा रहेको भन्दै कडा आक्रोश व्यक्त गरेका छन्।

संघीय मामिला मन्त्रालयमा बिचौलियाको प्रभाव र सेटिङको आरोप लगाउँदै उनले एमालेका दुई मन्त्री (संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी) माथि गम्भीर प्रश्न उठाएका छन्।

सांसद सिंहले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको विचारमा मालदार कार्यालयहरूमा बिचौलियाको चाहना र स्थानीय तहमा मेयरको रोजाइमा कर्मचारी नियुक्तिमा मन्त्रालयको संलग्नता रहेको दाबी गरेका छन्। हालै सार्वजनिक भएको एक अडियो प्रकरणलाई जोड्दै उनले यस्ता गतिविधिहरूले देशको प्रशासनिक संरचना कमजोर भएको बताए।

उनले लेखेका छन्, ‘देश बिचौलियाको कब्जामा छ मैले बारम्बार भन्दै आएको छु। त्यसको ज्वलन्त उदाहरणको संघीय मामिला मन्त्रीको अडियो काण्ड, देशैभर को विभिन्न मालदार कार्यालयहरूमा बिचौलियाको चाहना र स्थानीय तहमा मेयरको रोजाइमा पर्ने कर्मचारी लैजानमा संघीय मामिला मन्त्रालयमा विगत देखि नै सेटिङ रहेको कुरा आमनेपाली लाई थाहा छ।’

उनले अगाडि लेखेका छन्, ‘एमालेका २ नेता एवं मन्त्रीमाथि गम्भीर प्रश्न उठेको छ । घटनाको सत्यता र अडियोको अधिकारिकता जाँच हुँदै जाला, तर यस्तो गम्भीर प्रश्न उठ्दा पनि पदमा टाँसिइरहनु लाजमर्दो विषय हो । दुवै मन्त्रीले नैतिकताका आधारमा राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ।’ उनले नैतिकताको आधारमा दुवै मन्त्रीले राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग गरेका छन्।

उता, प्रधानमन्त्री ओलीले घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर राजीनामा दिन निर्देशन दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button