Banner NewsFashionअन्तराष्ट्रियमनोरञ्जन

३३ वर्षको प्रतीक्षा: शाहरुखले बल्ल पाए राष्ट्रिय पुरस्कार, पुरस्कार राशी मात्र २ लाख!”

साउन १९, मुम्बई :भारतको ७१औं राष्ट्रिय चलचित्र पुरस्कारको घोषणा गरिएको छ । यसपटकका विजेताहरूको सूचीले धेरैलाई चकित बनाएको छ भने सबैभन्दा ठूलो आश्चर्यको विषय बनेका छन् अभिनेता शाहरुख खान । ३० वर्षभन्दा लामो अभिनय यात्रामा पहिलो पटक उनले राष्ट्रिय पुरस्कार हात पारेका हुन् ।

शाहरुखलाई यो अवार्ड ‘जवान’ फिल्मका लागि प्रदान गरिएको हो, जुन उनले अभिनेता विक्रान्त मेसीसँग साझा गरेका छन् । विक्रान्तलाई ‘१२औं फेल’ फिल्मका लागि उत्कृष्ट अभिनयको अवार्ड दिइएको हो । यिनै अवार्डसँगै अभिनेत्री रानी मुखर्जी पनि राष्ट्रिय पुरस्कारकी विजेता बनेकी छन् ।

नयाँ विजेताको नाम सार्वजनिक हुनेबित्तिकै शाहरुखलाई देश–विदेशबाट बधाईको ओइरो लागेको छ । तीन दशकसम्म बलिउडमा राज गरिसकेका शाहरुखले पहिलो राष्ट्रिय सम्मान पाउनु हलिउडदेखि बलिउडसम्म चासोको विषय बनेको छ ।

यस अवसरमा धेरैको मनमा एउटा प्रश्न उठेको छ– के राष्ट्रिय चलचित्र पुरस्कारसँगै नगद राशिसमेत दिइन्छ?

यस सन्दर्भमा जानकारी दिँदै भारत सरकारअन्तर्गतको फिल्म डिभिजनले पुरस्कारसँगै नगद राशिको पनि व्यवस्था गरिएको जनाएको छ ।
सबैभन्दा उच्च राशी दादासाहेब फाल्के पुरस्कार विजेतालाई दिइन्छ, जसअन्तर्गत १५ लाख रुपैयाँ, एक पदक र प्रमाणपत्र प्रदान गरिन्छ ।

त्यसपछि स्वर्ण कमल (Golden Lotus) पुरस्कारको स्थान आउँछ, जसका विजेताले ३ लाख रुपैयाँ नगद, एक मेडल र प्रमाणपत्र पाउँछन् ।

रजत कमल (Silver Lotus) अन्तर्गत उत्कृष्ट अभिनेता, अभिनेत्री, सहायक कलाकार, पार्श्वगायक तथा गायिकालाई २ लाख रुपैयाँ, एक पदक र प्रमाणपत्र प्रदान गरिन्छ ।

यस वर्ष शाहरुख खान, विक्रान्त मेसी र रानी मुखर्जीलाई रजत कमल पुरस्कार दिइने भएको हो । यसअन्तर्गत उनीहरूले २ लाख रुपैयाँ नगद, रजत कमल मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट फिचर फिल्म, सर्वोत्कृष्ट बाल चलचित्र तथा लोकप्रिय मनोरञ्जन फिल्मलाई स्वर्ण कमल अवार्डबाट सम्मान गरिने र ३ लाख रुपैयाँ राशिसमेत प्रदान गरिने घोषणा गरिएको छ ।

राष्ट्रिय चलचित्र पुरस्कार भारतीय फिल्म क्षेत्रको सबैभन्दा प्रतिष्ठित सम्मान मानिन्छ, जहाँ केवल रकम होइन, देशको सांस्कृतिक गरिमा र कलात्मक उत्कृष्टताको मान्यता पनि प्रदान गरिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button