Banner Newsदुर्घटनाराजनीति

कलैया बिरगंज सडक खण्ड सवारी दुर्घटना : मोटरसाइकल चालकको मृत्युपछि स्थानीय आन्दोलित, टायर बालेर प्रदर्शन

कलैया :कलैया बिरगञ् सडकखण्ड अन्तर्गत पर्ने सिसहनिया चोकमा टाटा सुमो र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएपछि स्थानीय बासिन्दा आन्दोलित भएका छन्।

कलैया उपमहानगरपालिका-२३ निवासी उपेन्द्र राउत कुर्मीको मृत्यु भएपछि आक्रोशित स्थानीयले बैराठपुर चोकमा टायर बालेर प्रदर्शन गर्नुका साथै सडक अवरुद्ध गरेका छन्।

​आइतबार राति करिब ९:४५ बजे कलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको टाटा सुमो एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक कुर्मी गम्भीर घाइते भएका थिए।

उनलाई तत्कालै उपचारका लागि वीरगन्जस्थित न्यूरो अस्पताल लगिए पनि डाक्टरले मृत घोषणा गरेका थिए।

​स्थानीयहरुले दोषीलाई कडा कारबाही,र मृतकका परिवारलाई क्षतिपूर्ति, र बैराठपुरदेखि सिसहनियासम्मको सडक सुधारको माग राखेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button