Banner Newsमलेसिया बिशेष

मलक्का राज्यमा प्रवास नेपाली सम्पर्क विभागको नयाँ समिति गठन

मलक्का (मलेसिया) – प्रवास नेपाली सम्पर्क विभाग मलेसियाका प्रमुख नेत्र बहादुर केसीको विशेष उपस्थितिमा मलक्का राज्य शाखाको भेला सम्पन्न भएको छ। भेलाले सर्वसम्मत निर्णयमार्फत भोजराज बुढाको सभापतित्वमा ११ सदस्यीय नयाँ समिति गठन गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख नेत्र बहादुर केसीले प्रवासी नेपालीहरूको एकता, अधिकार संरक्षण र संस्थागत सुदृढीकरणमा मलक्का शाखाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो।

यसै क्रममा, रास्वपा प्रवास नेपाली सम्पर्क विभाग मलेसियाका प्रमुख नेत्र बहादुर केसीको विशेष उपस्थितीमा तथा मलक्का राज्य समितिका संरक्षक उमेश महतो र किरण थापाको संरक्षकत्वमा रास्वपा मलक्का राज्य समिति पनि औपचारिक रूपमा गठन गरिएको छ।

नवगठित समितिः
• सभापति – भोजराज बुढा
• उप–सभापति – नवीन सेतीसीरीवान
• सचिव – भक्तराज नाथ
• कोषाध्यक्ष – काली बहादुर खड्का
• सदस्यहरू – प्रेम राना, करण भण्डारी, जगत थापा, बलराम शर्मा, दिनेश जप्रेल, प्रकाश नाथ, नविन सिंह

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button