Banner Newsमधेससमाचारस्थानीय

बोक्सीको आरोप लगाएर महिलाको कपाल काटेर गरियो निर्घात कुटपिट

बाराको सुवर्ण गाँउपालिका वडा नम्बर ८ मझरीयाकी ३३ वर्षीया सुरुजकली देवीलाई गाँउकै केहि व्याक्तिहरुले बोक्सीको आरोप लगाँउदै असोज ११ गते कुटपिट गर्नुका साथै कपाल काटेर अमानवीय व्यवहार गरेको घटना प्रकाशमा आएको हो ।

पिडितले जिल्ला प्रहरी कार्यालय बारामा दिएको किटानी जाहेरीमा गाँउकै बाबुसाहेब यादव, लालदेव पंडित, बिक्रम पंडित, सुरेश यादवसहितकाले बोक्सीको लञ्छना लगाएर कुटपिट गर्दै अर्धनग्न बनाइ कपालसमेत काटि दिएको उल्लेख छ।

बिक्रम पंडित र लादेव पंडितले पिडित सुरुजकली देवीको निजी जग्गामा जबरजस्ति बाटो बनाएपछि त्यसविरुद्ध गाँउको प्रहरी चौकीमा उजुरी दिन गत असोज ११ गते जाने क्रममा बाटोमै उनलाई छेकेर बोक्सीको लाञ्छना लगाउँदै कुटपिट गर्नुका साथै अर्धनग्न बनाएर कपालपनि काटिदिएको उजुरीमा उल्लेख छ ।

पिडित सुरुजकली देवीले घटना भएकै दिन कलैया अस्पतालमा आफ्नो घाउचोटको उपचार गराएपछि त्यहि दिन पिडकहरु ३५ वर्षीय बाबुसाहेब यादव, ५० वर्षीय लालदेव पंडित, ५५ वर्षीय बिक्रम पंडित र ४५ वर्षीय सुरेश यादवविरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिएकी थिइन् ।

उनले भनिन्,मलाई बोक्सीको आरोप लगाएर निर्घात रुपमा कुटपिट गरे। लगाएको लुगापनि च्याति दिए । त्यतिलेपनि नपुगेर मेरो कपाल पनि काटिए दिए ।ती मान्छे होइनन् पशु हुन । उनिहरुलाई हदैसम्मको कारबाही हुनुपर्छ । अनिमात्र मैले न्याय पाउँछु ।
पिडित महिलाका पति भुषण कुमार पंडितले रोजगारीको शीलशीलामा आँफु काठमाडौं रहेका बेला गाँउमा आफ्नी पत्निमाथि अमानवीय व्यवहार गरिएको बताए । उनले भने, म काठमाडौंमा थिए। घटनाको दिन छोरीले रुदैं फोन गरेर आमासंग् त्यस्तो दुव्र्यवहार गरिएको सुनाइन् । त्यो सुनृपछि म त्यहिदिन काठमाडौंबाट गाडी चढेर घर आए ।

जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिलिप थापाले भने आरोपित मध्येका ५३ वर्षीय लालदेव पंडितलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जानकारी दिए । अरु तीन जना आरोपित फरार रहेको र उनिहरुको पनि खोजी कार्य भइरहेको थापाले बताए । जाहेरीमा नाम उल्लेख भएका चारै जना आरोपित विरुद्ध अपमानजनक तथा अमानवीय व्यवहार र बोक्सी सम्बन्धि कसुरमा मुद्धा दर्ता गरेर प्रहरीले कारबाही प्रकृया अगाडि बढाइसकेको उनले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button