जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले वि.पी. राजमार्गको काभ्रे भञ्ज्याङ्ग–भकुण्डेवेशी–सिन्धुली सडक खण्डमा सवारी आवागमन निषेध गरिएको जानकारी गराएको छ।
कार्यालयका अनुसार मिति २०८२ असोज १६ गतेदेखि २१ गतेसम्म प्रत्येक दिन साँझ ५:०० बजेदेखि विहान ५:०० बजेसम्म उक्त सडक खण्डमा एम्बुलेन्स तथा अन्य अत्यावश्यक सेवाका सवारी साधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनको आवागमन निषेध गरिएको हो।
प्रशासन कार्यालयले सो अवधिमा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। उक्त प्रतिबन्ध सडक मर्मत तथा सुरक्षासम्बन्धी कारणले लागू गरिएको जनाइएको छ।





