Banner Newsपत्र-पत्रिकासमाचार

बारामा रेडियोको संख्या बढ्दै रेडियो बारा १०६.६ मेगाहर्ज को उदघाटन सम्पन्न

१ असोज बारा । बाराको कलैयामा गढीमाइ ब्रोडकाषट कम्पनी प्रा. लि. द्वारा संचालित रेडियो बारा १०६.६ मेगाहाज तराई बासीको ढुक – ढुकि रेडियो बारा हामी सबैको साहारा भन्दै रेडियो को उदघाटन भएको हो ।

रेडियो बारा १०६.६ मेगाहाज को मेनेजिङ डाइरेक्टर रमेश साह को अध्यक्षतामा सम्पन्न कार्यक्रम को प्रमुख अथिती प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल को रहेको थियो ।

विशिष्ट अतिथी बारा प्रहरी प्रमुख होबिन्द्र बोगटी शस्त्र प्रहरी बारा का प्रमुख राजेन्द्र थापा पत्रकार महासङ बारा का अध्यक्ष रेशम तिवारी को रहेको थिए ।

अतिथि माओवादी केन्द्र कलैया का नगर अध्यक्ष मुकेश साह लोसपा को नेता जयप्रकाश साह लोसपा को युवा नेता डा कमरुलाह अन्सारी अधिब्क्ता एकरामुल हक अन्सारी नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसन बारा का सदस्य नरेन्द्र तिवारी रेडियो कर्मी विभिन्न मिडिया का पत्रकारहरु लगायत को विशेष उपस्तिथि रहेको थिए ।

उक्त कार्यक्रम का प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले रेडिको फिडर उठाई उदघाट्न गर्नु भएको थियो सत्य तथ्य समाचार सम्प्रेषण गर्न र समाजमा भएको घटना हरु उजागर गरि सम्बन्धित निकाय सम्म पुर्याउन अवाज बिहिनहरु को अवाज बन्नको लागि सफलता को शुभकामना सहित आफ्नो मन्तब्य व्यक्त गर्नु भएको थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button