Uncategorizedखेलकुद

१९ सेकेण्डमै भारतीय फाइटरलाई नकआउट गर्दै कोसिस श्रेष्ठको शानदार जित

१९ सेकेण्डमै भारतीय फाइटरलाई नकआउट गर्दै कोसिस श्रेष्ठको शानदार जित

ममता यादव 

काठमाडौं । नेपाल एमएमए (मिक्स्ड मार्सल आर्ट्स) फाइटर कोसिस श्रेष्ठले भारतमा जारी इन्डिया फाइट लिग (आईएफएल) मा शानदार प्रदर्शन गरेका छन्। उनले भारतीय फाइटर प्रचन्ड जमलियालाई मात्र १९ सेकेण्डमै नकआउट गर्दै प्रभावशाली जित हासिल गरेका हुन्।

प्रतिस्पर्धाको सुरुवातदेखि नै आक्रामक देखिएका श्रेष्ठले छिट्टै विपक्षीमाथि दबाब बनाएका थिए। उनको शक्तिशाली प्रहारपछि जमलिया नकआउट भएका थिए।

फ्रेन्चाइजमा आधारित मिक्स्ड मार्सल आर्ट्स प्रतियोगिता आईएफएलमा ६ टोलीका ७२ जना फाइटरले प्रतिस्पर्धा गरिरहेका छन्। अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय बन्दै गएको यो प्रतियोगिता युएफसी फाइट पासमार्फत प्रसारण भइरहेको छ।

श्रेष्ठको यो जितले नेपाली एमएमए खेलकुदलाई अन्तर्राष्ट्रिय मञ्चमा थप चिनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button