Banner Newsमधेससमाचारसमाजस्थानीय

ब्राह्मण समाज नेपाल, बारा जिल्लाको अधिवेशन तयारी बैठक तथा होली मिलन कार्यक्रम आयोजना हुने

ब्राह्मण समाज नेपाल जिल्ला अधिवेशन तयारी समिति, बाराको निर्णयअनुसार जिल्लास्तरीय अधिवेशन तयारी बैठक तथा होली मिलन कार्यक्रम आयोजना गरिने भएको छ।
समितिका अनुसार मिति २०८२ फागुन ११ गते सोमबार दिउँसो १ बजेदेखि कलैयास्थित पावर हाउसको पूर्वतर्फ रहेको ब्राह्मण समाजको जग्गामा कार्यक्रम सम्पन्न हुनेछ। उक्त कार्यक्रममा आगामी जिल्ला अधिवेशनको तयारीसँग सम्बन्धित महत्वपूर्ण विषयमा विस्तृत छलफल गरिने जनाइएको छ।
अधिवेशन तयारी समिति संयोजक प्रेमलाल पाण्डेयका अनुसार संगठनात्मक सुदृढीकरणका साथै आपसी सद्भाव, एकता र सांस्कृतिक परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले होली मिलन कार्यक्रम पनि समावेश गरिएको छ। यसले समाजभित्र सहकार्य र भाइचारा अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
समितिले जिल्लाभर रहेका सम्पूर्ण ब्राह्मण समाजका सदस्यहरू तथा शुभेच्छुकहरूलाई कार्यक्रममा अनिवार्य रूपमा उपस्थित भई सफल बनाउन हार्दिक अनुरोध गरेको छ। कार्यक्रमलाई सभ्य, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र रूपमा अघि बढाइएको अधिवेशन तयारी समितिले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button