Banner Newsमधेसराजनीतिसमाचार

नेपाल तरुण दल बाराद्वारा निर्वाचन प्रचार-प्रसार समितिका संयोजक तोकिए

कलैया : नेपाल तरुण दल बाराले निर्वाचन प्रचार प्रसार समितिको संयोजकहरु तोकेको छ। फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई दृष्टिगत गर्दै नेपाली कांग्रेसको तर्फबाट बारा जिल्लाका चार वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई अत्याधिक मतले विजयी गराउने उद्देश्यले प्रचार प्रसार समितिका संयोजकहरु तोकेको हो।

नेपाल तरुण दल बाराको निर्णयानुसार जिल्ला अध्यक्ष दिपेन्द्र प्रसादको संयोजकत्वमा निर्वाचन प्रचार–प्रसार समिति गठन गरिएको हो। सम्बन्धित पदाधिकारी तथा सदस्यहरूलाई तोकिएको जिम्मेवारी निष्ठापूर्वक र प्रभावकारी ढंगले प्रचार प्रसार गर्न नेपाल तरुण दल बाराले अनुरोध गरेको छ। सम्पूर्ण शुभेच्छुक, सञ्चारकर्मी तथा आम मतदाताहरूमा समेत आवश्यक सहयोग र सहभागिताका लागि नेपाल तरुण दल बाराले अपिल गरेको छ।

बारा क्षेत्र नम्बर १ को संयोजकमा मनोज मुखिया, क्षेत्र नम्बर २ को संयोजकमा भेखराज पंडित कुम्हाल, क्षेत्र नम्बर ३ को संयोजकमा हरिशंकर साह र क्षेत्र नम्बर ४ को संयोजकमा सुनिल पटेललाई नेपाल तरुण दलले जिम्मेवारी दिइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button