Banner Newsमधेससमाचारसमाजस्थानीय

कानु एकता महाअभियान बाराद्वारा होली मिलन समारोह कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न (तस्वीर सहित)

बारा

कानु एकता महाअभियान बाराको आयोजनामा होली मिलन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कलैया स्थित चिल्ड्रेन वर्ल्ड ईङ्गलिश बोर्डिङ्ग स्कुल (वडा नं. ४ को कार्यालयको दक्षिणतर्फ) मा शनिवार कानु एकता महाअभियान जिल्ला अध्यक्ष उमेशचन्द्र गुप्ता कानुको अध्यक्षतामा होली मिलन समारोह कार्यक्रम सम्पन्न भएको हो ।

हिन्दुहरुको महान पर्व फागू पूर्णिमा तथा होलीको अवसरमा अबिर टिका लगाइ एक आपसमा शुभकामना साटासाट गर्ने तथा भाइचारा र आत्मियताको विकास गर्ने अभिप्रायले होलि मिलन समारोह कार्यक्रमको आयोजना गरिएको अध्यक्ष उमेशचन्द्र गुप्ताले बताए ।

होलीको मौलिकतालाई जोगाई राख्न तथा समाजिक सद्भाव कायम राख्न होली मिलन समारोहको अवसरमा स्वजातियहरु एकजुट भएको कानु एकता महाअभियान बाराका अध्यक्ष उमेशचन्द्र गुप्ताको भनाई छ ।

पछिल्लो समय होली पर्व खर्चिलो तथा भड्किलो बन्दै गएको प्रति बारा क्षेत्र नं. ३ का जनमत पार्टीका प्रतिनिधि सभा पदका उम्मेदवार तथा कार्यक्रमका विशिष्ट अतिथि प्रमोद गुप्ताले सभ्य र मर्यादित ढंगले होली पर्व मनाउनु पर्नेमा जोड दिए ।

यसैगरि कानु एकता महाअभियानका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि सुरेश साह कानुले अहिलेको व्यस्त जिवनमा यस प्रकारको कार्यक्रमले एक अर्कासंग भेट्ने अवसर प्रदान गर्ने गरेका बताए । साथै सामाजिक मेलमिलाप बढाउने यस प्रकारको स्वजातियहरुद्वारा गरिएको समारोहले भाइचारा र आपसी सम्बन्ध प्रगाढ हुने उनको भनाइ छ ।

कार्यक्रमको सञ्चालन कानु पत्रकार संघ बाराका सचिव तथा रेडियो बाराका संचालक रमेश साह कानुले गरेका थिए ।

भने उक्त होली मिलन समारोहको अवसरमा बिशिष्ट अतिथि किशोरी साह कानु, राम असिस साह कानु अतिथि सरेश कुमार मोदक, काशिनाथ साह कानु, श्रीलाल साह कानु, डा. राजेश कुमार साह, हरिनारायण साह कानु, डा. केशव साह कानु, डा. रबि साह कानु, शिवशंकर साह कानु, विवेक कुमार गुप्ता, मदन प्रसाद साह, दिनानाथ साह कानु, भुलन साह कानु, रुपेश साह कानु, मोहन साह कानु, शम्भ गुप्ता, हरिहर साह कानु, सुजिता गुप्ता, शिवबालक  साह कानु, भरत साह, श्यामबाबु गुप्ता, सोहन साह, पत्रकार अजय साह कानु, मानिकचन साह लगायत समस्त स्वजातियहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button